लुम्बिनी प्रदेश सरकार

सामाजिक विकास मन्‍‍त्रालय

शिक्षा तथा सामाजिक विकास निर्देशनालय

सामाजिक विकास डिभिजन कार्यालय

तानसेन, पाल्पा

परिचय

प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०७/१८ को निर्णयानुसार शिक्षा, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र सामाजिक विकास तर्फका जिल्ला तथा स्थानीय स्तरमा संचालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत रहने यस डिभिजन कार्यालयको स्थापना गरिएको हो । यस सामाजिक विकास डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६ साल मंसिर १२ गते सामाजिक विकास मन्त्रालयका प्रशासन महाशाखा प्रमुख केशव अर्यालज्यूबाट भई तत्कालिन शैक्षिक तालिम केन्द्र, पाल्पाको भवनमा सञ्चालन हुदै आइरहेको छ । हाल यस सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको कार्यक्षेत्र पाल्पा र गुल्मी जिल्ला रहेको छ ।