लुम्बिनी प्रदेश सरकार

सामाजिक विकास मन्‍‍त्रालय

शिक्षा तथा सामाजिक विकास निर्देशनालय

सामाजिक विकास डिभिजन कार्यालय

तानसेन, पाल्पा

कार्य क्षेत्र

कार्यालयका कार्यक्षेत्रहरु • शिक्षा ( प्राविधिक तथा उच्च शिक्षा ) • सिप विकास • श्रम तथा रोजगार, • युवा तथा खेलकुद, • विज्ञान तथा प्रविधि • सामाजिक विकास (लैङ्गिक श सक्तिकरण तथा मुलप्रवाहिकरण एवं बालअधिकार र सामाजिक न्याय ) • खानेपानी तथा सरसफाइ । कार्यालयको कार्य विवरण  उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरुको पुर्वाधार, सुचना तथा संचार, प्रविधि, पुस्तकालय, फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको कार्यान्वयन गर्ने ।  विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरुको कार्यान्वयन गर्ने ।  महिला हक हित, महिला श सक्तिकरण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।  लौङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण तथा अन्य कार्यक्रम कार्यन्वयन गर्ने ।  वालवालिकाको हकहित संरक्षण सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।  वालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, वालउद्धार कोष, वालसुधार तथा पुनर्स्थापना कार्यक्रमहरु कार्यान्वयन गर्ने ।  ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।  युवाहरुको रोजजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरुपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन गर्ने ।  खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पुर्वाधारको निर्माणमा सहयोग तथा खेलकुदका कार्यक्रमहरुको कार्यान्वयन गर्ने ।  लोपोन्मुख, सिमान्तकृत, गरीव, जेष्ठ नागरिक लक्षित कार्यक्रमहरुको कार्यान्वयन गर्ने ।  रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा रोजगारी र स्वरोजगारका लागि तालिम संचालन, वीउँपूजी तथा ऋण व्यवस्थापन सम्बन्धी कार्क्रमहरुको कार्यान्वयन गर्ने ।  श्रमिक एवं श्रमिकहरुको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजार वीचको समन्वय र सहजिकरण गर्ने ।  जिल्ला स्तरमा हुने विज्ञान प्रविधि सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने ।  जिल्ला स्तरमा हुने खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने ।  फोहरमैला व्यवस्थापनमा स्थानीय तहलाई सहजिकरण गर्ने ।